खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिहरुबीच छलफल


२९ फागुन २०७५, काठमाडौं

खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार रफ्तारमा अघि बढ्न खोजिरहेको बताउनुभएको छ ।

खानेपानी मन्त्रालय र विश्व बैंकका प्रतिनिधिमण्डलबीच आज बुधबार भएको छलफलमा खानेपानी मन्त्री मगरले सबैका लागि आधारभूत र सुरक्षित पिउने पानीमा सर्वसुलभ पहुँच पुर्याउन सरकार योजनाका साथ अघि बढिरहेको बताउनुभयो ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको छलफलमा उहाँले भन्नुभयो, “दीगो विकासका लक्ष्यहरु हासिल गर्न निकै चुनौति छ तरपनि सरकार पृथक ढंगले त्यो लक्ष्य हासिल गर्न योजना बनाएर अघि बढ्दैछ । जनताले अझैपनि खानेपानीका लागि संघर्ष गर्नुपरेको छ । यस्तो समस्या हटाउन मन्त्रालयले नयाँ योजना र कार्यक्रमहरु बनाउँदैछ ।”

ग्रामीण क्षेत्रमा फण्ड बोर्ड मार्फत खानेपानीको आयोजना सञ्चालन गर्न विश्व बैंकले गरेको सहयोगको मन्त्री मगरले उच्च प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्